+
+

हात्तीको आक्रमणबाट मकवानपुरमा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ४ गते १५:१०

४ जेठ, हेटौंडा । मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिका–६ प्रतापपुरका ५५ वर्षीय कालेबहादुर राईको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा गोठालो गएका बेला उनलाई हात्तीले आक्रमण गरी घटनास्थलमै मारेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

उनको शव शुक्रबार बिहान फेला पारिएको इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए । राईको शवलाई पोष्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय मनहरीले जानकारी दिएको छ ।

हात्तीको आक्रमणबाट चराउन लगिएका २ वटा राँगा पनि घाइते भएको पर्सा राष्ट्रिय निकुन्ज मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष सीताराम अर्यालले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?