+
+

ललितपुरमा सुनचाँदीका गहना र नगद चोरीमा संलग्न ६ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ५ गते १०:४३

५ जेठ, काठमाडौं । ललितपुरमा चोरी गर्ने सहूका व्यक्तिहरू पक्राउ परेका छन् ।

ललितपुर महानगरपालिका-२१ खोकनाका नवराज गुरुङको घरबाट चोरी गरेको आरोपमा ६ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका–४ घर भई ललितपुर–१५ खुमलटार बस्ने ३७ वर्षीय कमल थापा मगर र ३५ वर्षीय धनलाल थापा मगर, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-६ का २८ वर्षीय सुवास सुनार, काठमाडौं मुलपानी बस्दै आएका ४१ वर्षीय रेशम बिक, टोखा नगरपालिका-३ का ४१ वर्षीय योगेश डाँगी र सप्तरीको सुरुंगा-१४ का मोहम्मद समिर रहेका छन् ।

पक्राउ परेका डाँगी न्यूरोड ताम्राकार कम्पलेक्सको मोवाइल पसल संचालक हुन् । उनले चोरी भएको बोबाइल किनबेच गरेक प्रहरीको भनाइ छ । समिर पनि मोबाइल किनबेचमा संलग्न भएका हुन् ।

उनीहरूलाई फरक-फरक दिन फरक-फरक ठाउँबाट पक्राउ गरिएको कार्यालयले जनाएको छ ।

गुरुङको घरबाट वैशाख-९ देखि ९ गतेको बीचमा सुन-चाँदीका गरगहनाहरु, नगद तथा आइफोनलगायतका धनमालहरु चोरी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?