+
+

‘ड्युन २’ देखि ‘क्रू’सम्म : यो साता ओटीटीमा कुन फिल्म र सिरिज हेर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ७ गते १३:२९

काठमाडौं । कतिपय दर्शक फुर्सद नहुँदा हलमा गएर फिल्म हेर्न पाउँदैनन् । उनीहरु घरमै बसेर रोमाञ्चक कार्यक्रम र फिल्म हेर्न रुचाउँछन् । यो साता ओटीटी प्लाटफर्ममा केही लोकप्रिय फिल्म र सिरिज स्ट्रिमिङ हुँदैछन्, जुन दर्शकलाई सप्ताह सेलिब्रेसनको राम्रो अवसर हुनसक्छ ।

ड्युन : पार्ट २

‘ड्युन २’ फ्रान्क हर्बर्टको सन् १९६५ को उपन्यास ‘ड्युन’को रूपान्तरण हो । यसको कथा पल एट्रेइड्सको वरिपरि घुम्छ । उसले दमनकारी हाउस हार्कोनेन विरुद्धको युद्ध जित्न ग्रह अराकिसका आदिवासी मानिस फ्रिम्यानसँग सहकार्य गर्छ । फिल्ममा तिमोथी चालमेट, जेन्डाया, रेबेका फर्गुसन, जोस ब्रोलिन, डेभ बाउटिस्टा, अस्टिन बटलर र फ्लोरेन्स पगले अभिनय गरेका छन् । यो फिल्म जियो सिनेमामा २१ मे २०२४ मा रिलिज हुनेछ ।

द कार्दसियन्स

यो सिरिजको कथा दुई बहिनी किम, कोर्टनी र ख्लोए, उनका सौतेनी भाइ–बहिनी केन्डल र काइली जेनर र उनकी आमा क्रिस जेनरको व्यक्तिगत जीवनको वरिपरि घुम्छ । ‘द कार्दसियन्स सिजन ५’ मे २३ मा डिज्नी प्लस हटस्टारमा रिलिज हुनेछ ।

क्रू

यो एक कमेडी फिल्म हो, जसलाई राजेश ए कृष्णनले निर्देशन गरेका हुन् । यसमा तब्बु, करिना कपुर खान र कृति सेनन एयर होस्टेसको भूमिकामा छन् भने दिलजीत दोसांझ र कपिल शर्मा सहायक भूमिकामा छन् । बालाजी मोसन पिक्चर्स र अनिल कपुर फिल्म्स एण्ड कम्युनिकेसन नेटवर्कको अन्तर्गत एकता कपुर, रिया कपुर, अनिल कपुर र दिग्विजय पुरोहितले यो फिल्म निर्माण गरेका हुन् । रिपोर्टअनुसार यो फिल्म मे २४ मा नेटफ्लिक्समा आउनेछ ।

स्वतन्त्र वीर सावरकर

रणदीप हुड्डाले यो फिल्ममा मुख्य भूमिका निर्वाह गरेका छन् । उनले यही फिल्मबाट आफ्नो निर्देशकीय करिअर पनि सुरु गरेका थिए । यो फिल्मको कथा लेखक र राजनीतिज्ञ विनायक दामोदर सावरकरको जीवनमा आधारित छ, जसलाई वीर सावरकर पनि भनिन्छ । यो फिल्म मे २८ मा जी-फाइभमा रिलिज हुने तयारीमा छ ।

एक्वाम्यान एन्ड द लस्ट किङ्डम

यो फिल्मको कथा अर्थरमा केन्द्रित छ, जसले एटलान्टिस राज्यलाई विनाशबाट बचाउन आफ्नो सौतेनी भाइसँग पुनर्मिलन गर्छ । फिल्ममा जेसन मोमोआ, प्याट्रिक विल्सन, एम्बर हर्ड, याह्या अब्दुल–माटिन द्वितीय, रान्डल पार्क, डल्फ लुन्डग्रेन, टेमुएरा मोरिसन र निकोल किडम्यानले अभिनय गरेका छन् । यो फिल्म २१ मेमा जियो सिनेमामा रिलिज हुनेछ ।

टर्फेस्ट फोर्सेस अन अर्थ

यो डकुमेन्ट्री सिरिजका अमेरिकी विशेष सेनाका तीन भूतपूर्व सिपाहीहरुको कथा छ । तीन-तीनजना गहन विश्वव्यापी यात्रामा निस्किएका छन् । कठोर प्रशिक्षण, उन्नत रणनीति र परिष्कृत हतियारसँगै उनीहरुले विश्वको सबैभन्दा उच्च र गोप्य सैन्य एकाइमा गहिरो खोजी गर्छन् । आठ भागको यो श्रृंखलामा सैन्य पराक्रम र सौहार्दताको गहिरो अन्वेषण पेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?