+
+

‘बाढी-पहिरोबाट हुने सामाजिक क्षतिबारे पनि सतर्कता जरुरी’

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ७ गते १४:००

काठमाडौं । देशका सबैजसो भूभागमा यस वर्षायाममा बाढी र पहिरोको उच्च खतरा रहेको भू-प्रविधि विज्ञहरुले बताएका छन् ।

शनिबार धादिङको धुनीबेंसी नगरपालिकामा भूप्रविधि समाज नेपाल (नेपाल जियोटेक्निकल सोसाइटी, एनजीएस) ले आफ्नो ३० औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘पहिरो जोखिम व्यवस्थापन : बुझाइ, मनन् र कार्यान्वयन’ नामक सचेतना अभियान कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।

विपद्विज्ञ इन्जिनियर डा. आमोदमणि दीक्षितले यस वर्ष बाढी र पहिरोको खतरा उच्च रहेको जनाउँदै त्यसबाट हुने क्षति कहालीलाग्दो हुनसक्ने बताए । उनले बाढी र पहिरोबाट हुने जनधन मात्र नभई सामाजिक क्षति रोक्न राज्यका तीनै तहका सरकार अग्रसर हुन जरुरी रहेको सुझाव दिए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक अनिल पोखरेलले यस वर्ष ‘अभोभ एभ्रेज’ वर्षा हुने भन्दै पहिरोको पूर्वतयारीको कार्य थालनी गर्नुपर्नेमा जोड दिए । सरकारले अहिले बाढी र पहिरोबाट बढी प्रभावित क्षेत्रहरुको जोखिम नक्सांकन गरेर पूर्वसूचना प्रणालीको विकास गरेको पोखरेलले जानकारी दिए  ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विज्ञ डा. गंगालाल तुलाधरले यो वर्षायाममा बाढी र पहिरोको खतरा उच्च रहेको संकेतहरु देखा परिसकेको बताए ।

प्रा. डा. नेत्रप्रकाश भण्डारीले पानी र पहाड भएपछि पहिरो जाने भन्दै बाटोको वरपर मात्रै पहिरो जाने भन्ने गलत भाष्य सिर्जना हुनुले बढी जनधनको क्षति भइरहेको बताए  । विपद् विज्ञ गोपीकृष्ण बस्यालले कुन ठाउँ, कस्तो ठाउँमा सँगसँगै कति समय अन्तरालमा पहिरो जान्छ भनेर विद्यालय, समुदाय हुँदै स्थानीय तहसम्म पहिरोबारे जनचेतना व्यापक गराउनुपर्ने बताए ।

नेपाल जियोटेक्निकल सोसाइटीका अध्यक्ष मन्दीप सुवेदीले सही ढंगले जमिनको उपयोग नगर्दा र विकास निर्माणको क्रममा लापरवाही बढ्दै गएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?