+
+

दोश्रो बज्रबाराही राष्ट्रिय मुआय थाई च्याम्पियनसिप आजदेखि

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २५ गते १३:३९

काठमाडौं । बज्रबाराही मुआय थाई क्लबको आयोजनामा दोस्रो राष्ट्रिय बज्रबाराही मुआय थाई च्याम्पियनसिप शुक्रबारदेखि सुरु हुँदै छ।

ललितपुरको चापगाउँ स्थित आरएल  फुटसलमा शुक्रबारदेखि सुरु हुने प्रतियोगिता २६ जेठसम्म सञ्चालन हुने छ ।

यस कार्यक्रमले राष्ट्रिय स्तरका मुआय थाई खेलाडीहरूको सहभागिता गराउँदै खेलकुदप्रेमीहरूलाई मनोरञ्जन र उत्साह प्रदान गर्नेछ ।

मुआय थाई थाइल्यान्डको एक प्राचीन मार्शल आर्ट हो जसलाई “आठ अंगहरूको विज्ञान” भनिन्छ, जसमा हात, कुहिनी, घुँडा र खुट्टा प्रयोग गरेर प्रतिद्वन्दीलाई परास्त गरिन्छ।

साँझ 7  बजेसम्म सञ्चालन हुने प्रतियोगिता हेर्नका लागि दर्शकले ३५० रुपैयाँको अग्रिम टिकट उपलब्ध रहेको आयोजकले जनाएको छ ।

आय थाईको समृद्ध परम्परालाई नेपालमा कायम गर्दै  नेपाली खेलाडीहरूलाई आफ्नो कौशल र दृढता देखाउने मञ्च प्रदान गर्ने क्लबका अध्यक्ष अनिल श्रेष्ठले बताए ।

आयोजकका अनुसार विजेताहरूलाई ट्रफी, पदक र नगद पुरस्कार प्रदान गरिने छ । खेललाई न्यायसंगत र पारदर्शी बनाउन अनुभवी रेफ्री र निर्णायक टोली हुने आयोजकको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?