+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

कोशी प्रदेशका नदीमा बढ्न थाल्यो जलसतह

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २९ गते ९:४९

२८ जेठ, काठमाडौं । कोशी प्रदेशमा मनसुन भित्रिएसँगै प्रमुख नदीहरुमा सतह बढ्न थालेको छ । कोशी, कन्काई र यसका सहायक नदीहरुको जलसतह बढ्न थालेको हो । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार बुधबारदेखि कोशी, कन्काई र यसका सहायक नदीको जल सतह सामान्य बढ्ने छ ।

तर कमला, बागमती, नारायणी, पश्चिम राप्ती, कर्णाली, महाकाली र तिनका सहायक नदीको जलसतह भने सामान्य रहने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मंगलबारदेखि नेपालमा मनसुन भित्रिएको सूचना जारी गरेको थियो । अन्य दिनका तुलनामा मनसुन अवधिमा धेरै पानी पर्ने भएकाले बाढी र पहिरोको जोखिम हुने गर्दछ ।

कोशी प्रदेशमा मनसुन भित्रिएको घोषणा गर्नुभन्दा अघिदेखि नै भारी वर्षा हुँदै आएको थियो । वर्षासँगै रतुवा नदीमा आएको बाढीले कार बगाउँदा दुई जनाको मृत्यु भएको थियो । कोशी प्रदेशमा वर्षा भइरहँदा त्योभन्दा पश्चिम तराईका भूभागमा भने अत्यधिक गर्मी छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविदका अनुसार मनसुन फैलिँदै पश्चिमसम्म पुग्न करिब एक साता लाग्ने अनुमान छ ।

काठमाडौं उपत्यकामा भने शनिबारसम्म मनसुन आइपुग्ने आकलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?