+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

ताप्लेजुङमा पहिरोले फक्ताङलुङ गाउँपालिका उपाध्यक्षको परिवारका चार जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३२ गते ७:१५
फाइल फोटो ।

३२ जेठ, विराटनगर । ताप्लेजुङमा पहिरोले फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बुको घर बगाएको छ । घर बगाउँदा उनको परिवारका ४ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ७१ वर्षीय रामबहादुर साम्रा लिम्बु, उनकी श्रीमती जसमाया साम्रा र जुम्ल्याहा छोरी १२ वर्षीया गंगा र जमुना साम्रा लिम्बु रहेको गाउँपालिका अध्यक्ष राजन लिम्बुले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष लिम्बुका अनुसार पहिरोमा परी मृत्यु भएका उनीहरु उपाध्यक्ष रविनका बुबा र कान्छी आमा र २ बहिनी हुन् । मध्यरात करिब २ बजेको समयमा आएको पहिरोले घर बगाएको उनले बताए ।

‘उपाध्यक्षको परिवारका चार जनाको मृत्यु भएको छ, थप खोजी जारी छ’ उनले भने, ‘ पहिरोले दुई वटा घर बगाएको छ ।’

पहिरोमा परी साम्रा परिवारकै २ जना घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?