+
+
Shares

कांग्रेस–एमालेलाई कसले मिलायो ? यस्तो छ प्रचण्डको संकेत 

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २८ गते १२:५७

२८ असार, काठमाडौं  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमाले आफैं मिलेको नभई कसैले मिलाइदिएको दाबी गरेका छन् ।

विश्वासको मत लिने प्रस्ताव संसदमा पेश गर्दै प्रधानमन्त्री प्रचण्डले कांग्रेस र एमालेबीच भएको सहमतिमाथि प्रश्न उठाए । पछिल्लो पटक नयाँ गठबन्धन बनेको बेला दुई दलका नेताहरुको अभिव्यक्ति सुनेपछि आफूले मिल्न मन छ भने मिल्नुस् भनेको उनले सम्झिए । ‘आज त्यही दिन आयो । अनौठो केही मानेको छैन,’ उनले भने ।

तर कांग्रेस र एमाले आफैं मिलेको नभई अरुले मिलाइदिएको उनको दाबी छ । उनले भने, ‘तपाईंहरुलाई कसैले मिलाएको हो । किन मिलाएको हो ? घाम जत्तिकै छर्लङ्ग छ ।’

हिजोसम्म कानुनमाथि नै शासन गरेका समूहहरु आफ्नो सरकारसँग डराएर सरकार नै फेर्न लागेको उनले बताए । ‘त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्न थालियो, एउटा समूह डरायो । ललिता निवासको विस्तृत अनुसन्धान र जग्गा फिर्ता थालियो, अर्को समूह डरायो । भुटानी शरणार्थी प्रकरणको विस्तृत अनुसन्धान सुरु भयो, अर्को ठूलै समूह डरायो,’ उनले भने, ‘बाँसबारीदेखि बालमन्दिरको जमिन खोजी हुन थालेपछि यो देशको शक्ति सन्तुलन नै खलबलिन थाल्यो ।’

उनले अगाडि भने, ‘त्यही वर्गले देशको पहिलो र दोस्रो दल मिलायो । यसरी त्यो वर्गले आफ्नो शक्ति देखायो ।’

उनले जनता जागेर आफ्नो शक्ति देखाउने बेला आएको बताए । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने, ‘जनताले आफ्नो शक्ति देखाउनु भएन भने देशको शासन फेरि माफियाहरुकै अधिनमा जाने खतरा छ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?