+
+

‘वर एण्ड वधू’को गीतका ‘बोल्ड’ दृश्यबारे के भन्छिन् आँचल ?

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ६ गते १७:२५

काठमाडौं । लामो पर्खाइपछि अन्ततः मिलन चाम्स निर्देशित फिल्म ‘वर एण्ड वधू’ प्रदर्शन तयारीमा छ । फिल्मले आइतबार पहिलो गीत सार्वजनिक गर्दै प्रचार अभियान सुरु भएको जनाएको छ ।

नयाँ बानेश्वरस्थित आइएनआई हलमा आयोजित पत्रकार सम्मेलनमा आइतबार फिल्मको पहिलो गीत सार्वजनिक गरियो । पछिल्लो समयको वैवाहिक ट्रेन्डको कथावस्तुमा बनेको यो सोसल-कमेडी ड्रामामा आँचल शर्मा र डेब्यु अभिनेता विवेक कर्माचार्यको शीर्ष भूमिका छ । सार्वजनिक गीत ‘तिमी’सँगमा यी दुई कलाकार रोमान्टिक देखिएका छन् ।

निर्देशक चाम्सले आँचल र विवेकलाई ग्ल्यामर अन्दाजमा पेश गरेका छन् । गीत स्क्रिनिङपछिको प्रश्नोत्तरमा आँचललाई यो बोल्डनेसबारे प्रश्न सोधियो । उनले गीतको दृश्यलाई बोल्डभन्दा पनि ग्ल्यामरको रुपमा बुझ्नुपर्ने बताइन् ।

परिवार भइसकेको व्यक्तिलाई यसरी बोल्ड दृश्य दिंदा अप्ठ्यारो हुँदैन भनेर सोधिएको प्रश्नमा उनले भनिन्, ‘यस्तो दृश्य दिंदा मलाई अप्ठ्यारो लाग्दैन, यो मेरो काम हो ।’

यो गीतको छायांकन गर्दा गाह्रो भएर आफूले आँसु खसालेको स्मरण उनले गरिन् । नयाँ हिरोसँग बोल्ड दृश्य दिंदा अप्ठ्यारो नभएको आँचलले बताइन् । गुरुपूर्णिमाको अवसरमा उनले आफ्नो करिअरमा सघाउने सबै गुरुहरुप्रति नमन व्यक्त गरिन् ।

दर्शकले फिल्ममा आँचलको एक्सन पनि हेर्न पाउनेछन् । फिल्मको केही दृश्यमा आँचलले एक्सन पस्किएकी छिन् । डेब्यु अभिनेता कर्माचार्यले यत्तिको ठूलो ब्यानरसँग काम गर्न पाउँदा खुसी लागेको बताए । निर्देशक चाम्सले यो फिल्म विवेकको पहिलो फिल्म भएपनि उनी पुरानै कलाकार जस्तो अनुभवी देखिएको बताए ।

एलआरके इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्मको गीत ‘तिमी’मा अञ्जु पन्त र प्रताप दासको स्वर, अर्जुन पोखरेलको संगीत र लेखु सहयात्रीको शब्द छ । कविराज गहतराजको कोरियोग्राफीमा सुदीप बरालको छायांकन छ ।

यो फिल्म नेपाल र रोमानियामा छायांकन भएको हो । आधा छायांकन सकेर निर्देशक चाम्स ‘गोर्खा वारिअर’मा व्यस्त थिए । फिल्ममा विजय लामा, गरिमा शर्मा, बिजु पार्की, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मा, सृष्टि खड्का, हिमेश पन्त, दिनेश काफ्ले, यमन श्रेष्ठ, रविन्द्र खड्का, अंशु महर्जन, सीता न्यौपाने लगायतका कलाकारको अभिनय छ ।

‘वर एण्ड वधू’ फिल्म भदौ १४ गते प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?