+
+
Shares

सिसनले घोषणा गरे फिल्म कम्पनी, जाडोयाममा अर्को फिल्म बनाउने

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ७ गते १३:४३

काठमाडौं । सिसन बानियाँले स्वतन्त्र भ्लगरको रुपमा वर्षौं बिताए । युट्युब सामग्रीको रुपमा उनले दर्शकमाझ सिर्जना पस्किरहेका छन् । यतिबेला भने उनले फिल्म निर्माण कम्पनीको घोषणा गरेका छन् ।

आइतबार सामाजिक सञ्जालबाट उनले फिल्म कम्पनी ‘रेन वेभ पिक्चर्स’को घोषणा गरेका छन् । ‘फ्रिलान्सरको रुपमा वर्षौं बिताएपछि लगभग एक दशक युट्युब सामग्री, निर्माता, यात्रा भ्लगरको रूपमा काम गरें,’ सिसनले लेखेका छन्, ‘मलाई लाग्छ यो समय अब मेरो जीवनको सबैभन्दा ठूलो सपनातर्फ कदम चाल्ने समय हो । तपाईंहरु सबैसामु प्रस्तुत गर्छु- रेनवेभ पिक्चर्स ।’

सिसन सहनिर्माता रहेको फिल्म ‘होलटाइमर’ यतिबेला पोस्ट–प्रोडक्सनमा छ । प्रवीण टक्की कार्कीसँग मिलेर उनले बनाएको यो फिल्मलाई पूजा गुरुङ र विभूषण बस्नेतले निर्देशन गरेका छन् । महोत्सवपछि हलमा रिलिजको तयारी छ ।

यो कम्पनी पटकथा लेखक, छायाकार, अभिनेता, निर्देशक, निर्माताजस्ता महत्वाकांक्षी फिल्ममेकरलाई एकठाउँमा ल्याउने प्लाटफर्मको रुपमा रहने सिसनले उल्लेख गरेका छन् ।

यो प्लाटफर्मले लगानी, उत्पादन र वितरणको दबाब झेलेका क्रिएटिभ सर्जकलाई मद्दत गर्ने समेत उनले बताएका छन् । ‘द होलटाइमर्स’पछि आगामी जाडोयाममा अर्को एक फिल्म बनाउने पनि उनले उल्लेख गरेका छन् ।

पछिल्लो साता सिसन अमेरिकाबाट सार्वजनिक भएको एक रोमान्टिक फोटोको कारण चर्चामा छन् । उक्त फोटोपछि उनी पुनः रिलेसनसिपमा रहेको अड्कल चलिरहेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?