+
+
Shares

सकभर विदेश नजान प्रधानमन्त्रीको निर्देशन, भ्रमण दलमा महिला अनिवार्य

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ७ गते २१:०१

७ साउन, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सोमबारको मन्त्रिपरिषद् बैठकमा विदेश भ्रमणबारे तीनवटा निर्देशन दिएका छन् ।

एक– फटाफट काम गर्नुपर्ने बेला भएकाले सकेसम्म मन्त्री, सचिव लगायत उच्च पदस्थ विदेश भ्रमणमै नजाने । दुई– जानैपर्ने भ्रमण भए  अवधि छोट्याउनैपर्ने । तीन– भ्रमण टोलीमा महिला हुनैपर्ने ।

‘भ्रमण मण्डलमा दुई जनामात्रै भए पनि कम्तीमा एक महिला अनिवार्य हुनैपर्ने निर्णय भएको छ,’ एक मन्त्रीले भने, ‘तर रातदिन खटेर काम गर्नुपर्ने बेला भएको भन्दै प्रधानमन्त्रीले सकेसम्म भ्रमण नै नगर्न निर्देशन दिनुभएको छ ।’

यसअघि तारन्तार विदेश भ्रमणमा गएको, लामो समय उतै रहेको भन्दै कतिपय मन्त्री आलोचनाको तारोमा पर्ने गरेका थिए । कतिपय मन्त्री त पदमुक्त हुँदा विदेशमै रहने गरेका दृष्टान्तसमेत रहेको भन्दै प्रधानमन्त्रीले काम देखाउने प्रतिस्पर्धामा खरो उत्रन निर्देशन दिएको ती मन्त्रीले भने ।

सोमबारको मन्त्रिपरिषद बैठकले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको विदेश भ्रमण स्वीकृत गरेको छ । उद्योगमन्त्री भण्डारी विमस्टेक बैठकमा र खेलकुदमन्त्री चौधरी ओलम्पिक खेल समारोहका लागि फ्रान्स जान लागेका हुन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?