काठमाडौं । असोज ३ गते संविधान दिवसको अवसर पारेर प्रदर्शन तयारीमा रहेको फिल्म ‘ह्रस्व-दीर्घ’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेता हरिहर अधिकारीलाई ‘एंग्री योङ्गम्यान’को रुपमा प्रस्तुत गरिएको छ ।
चन्द्र पन्तको डेब्यु निर्देशन रहेको फिल्मको पोस्टरमा हरिहरसहित कवीर सिंह दुहान, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार समेत फिचर्ड छन् । केही दिनमा टिजर सार्वजनिक गर्ने तयारी छ । पोस्टरले दर्शकलाई उत्साहित बनाउने निर्देशक पन्तको विश्वास छ ।
नीता फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता धनञ्जय गलानी हुन् । यसमा नीता ढुंगाना, ब्रह्मानन्दम, अली, सञ्चिता लुइँटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आदर्श मिश्र, बुद्धि तामाङ र किरण केसीको अभिनय छ ।
हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई भारतीय छायाकार कवीरलालले खिचेका हुन् । नेपाली, तेलुगु र हिन्दी गरी तीन भाषामा फिल्म रिलिज हुनेछ ।
प्रतिक्रिया 4