+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

बाढीले भोजपुरको इर्खुवा जलविद्युत् आयोजनामा कार्यरत दुई जना बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १६ गते ९:१८

१६ साउन, काठमाडौं । मध्यराति आएको बाढीले भोजपुरको इर्खुवा खोला जलविद्युत आयोजनामा कार्यरत २ जना मजदुर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बर्दियाको बाराबर्दिया गाउँपालिका–३ का २६ वर्षीय श्यामकुमार थारू र सोही ठाउँका ३० वर्षीय रमेश थारू छन् ।

जिल्ला प्रशासन कार्यालय भोजपुरका सूचना अधिकारी कृष्णबहादुर बस्नेतका अनुसार राति करिब १ बजेतिर खोलामा आएको बाढीले ३ जनालाई बगाएको थियो । त्यसमध्ये एकजना भने बच्न सफल हुँदा २ जना सम्पर्कविहीन भएका हुन् । ‘घटनास्थलमा टोली परिचालन भइसकेको छ । थप विवरण आउन बाँकी छ’, उनले भने ।

बाढीमा बगेर घाइते भएका २६ वर्षीय राम किसन थारूको उपचार भइरहेको प्रशासनले जनाएको छ । बाढीले केही घरमा पनि क्षति पुर्‍याएको बस्नेतले जानकारी दिएका छन् । ‘बाढीले कति क्षति पुर्‍याएको छ भन्नेबारे बुझ्ने काम भइरहेको छ, एकिन भइसकेको छैन’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?