+
+

बेलायतले भिसा नदिएपछि ‘सन अफ सरदार २’ बाट बाहिरिए सञ्जय दत्त

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २२ गते १४:१८

काठमाडौं । कहिलेकाहीं विगतले पनि मान्छेलाई नराम्रोसँग पछ्याउँछ । यो कुरा बलिउड अभिनेता सञ्जय दत्तलाई राम्रोसँग थाहा छ । अतीतको एक घटनाकै कारण दत्तले फिल्म ‘सन अफ सरदार २’ गुमाउनुपरेको छ ।

दत्त बाहिरिएपछि अभिनेता रवि किशन फिल्ममा अनुबन्धित भएका छन् । मिड-डेका अनुसार गत महिना बेलायतले अभिनेता दत्तको प्रवेशाज्ञा (भिसा) अस्वीकार गरिदिएपछि फिल्मको कास्टिङमा परिवर्तन गर्नुपरेको हो ।

यो कारण उनी बेलायत उड्न नसक्ने भएपछि निर्माताले सन् २०१२ को दोस्रो सिक्वेलको कास्ट बदलेका हुन् । फिल्ममा सञ्जयले खलनायकको चरित्र निर्वाह गर्ने तयारीमा थिए । फिल्मको शीर्ष भूमिकामा अजय देवगण र मृणाल ठाकुर तय छन् ।

विगतमा सञ्जयको कारावास सजायको कारण स्कटल्याण्डमा छायांकन हुने भनिएको फिल्मका लागि आवश्यक भिसा दिन बेलायतले अस्वीकार गरेको समाचारमा उल्लेख छ । स्रोतका अनुसार यसअघि पनि कैयौंपटक दत्तको बेलायतको भिसा अस्वीकृत भएको जनाइएको छ ।

बेलायतको भिसाको कारण सञ्जयको आगामी फिल्म ‘हाउसफुल ५’ को छायांकन तालिका पनि प्रभावित हुने निश्चित जस्तै छ, किनभने सेप्टेम्बरदेखि बेलायतमा यसको छायांकन तय छ । यही कारण निर्माता साजिद नाडियावालाले सञ्जयको भागको छायांकन मुम्बईमा हुने जनाएका छन् ।

अप्रिल १९९३ मा अभिनेता दत्तलाई टाडा (टीएडीए) र हतियार ऐन अन्तर्गत हिरासतमा राखिएको थियो । सन् १९९३ मा मुम्बईमा भएको बम विस्फोटको घटनामा संलग्न अन्य व्यक्तिबाट प्राप्त अवैध हतियार लिएर हतियार ऐन उल्लंघनमा उनी दोषी ठहरिएका थिए । उनलाई पाँच वर्षको जेल सजाय तोकिएको थियो ।

सर्वोच्च अदालतले मार्च २०१३ मा उनलाई पाँच वर्षको सजाय सुनायो । सन् २०१३ मा थुप्रै जमानत अवधिपछि उनले पूर्ण अवधि कैद सजाय पुरा गरे र सन् २०१६ मा रिलिज भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?