+
+
Shares

डाक्टर आचार्यको ‘पुकुली माया’ युट्युबमा

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ९ गते ८:०८

काठमाडौं । डा. देवेन्द्र आचार्यले लेखेको गीत ‘पुकुली माया’को म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ ।

डा. आचार्य पेशाले चिकित्सक हुन् । बाँकेको नेपालगञ्ज मेडिकल कलेज र भेरी अस्पतालमा कार्यरत आचार्य गजल लेखनमा पनि सक्रिय छन् । यही सिलसिलामा उनले ‘पुकुली माया’ गीत लेखेका हुन् ।

सो गीतमा अहिलेका चर्चित युवा संगीतकार राजेन्द्र बजगाईंले संगीत दिएका छन् । महेन्द्रराज बराल र रचना रिमालले गाएका छन् ।

म्युजिक भिडियोमा राहुल शाह र सुरक्षा इटनीले अभिनय गरेका छन् । सुरक्षा स्वास्थ्यकर्मीको भूमिकामा छिन् ।

महेन्द्रराज बरालको युट्युब च्यानलमा सार्वजनिक भएको गीत मिक्सिङ र मास्टरिङ मनोज परियारले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?