News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले सचिवालय बैठकमा भएका विषयहरू अतिरञ्जित रूपमा बाहिरिएको भन्दै आपत्ति जनाएका छन्।
- उनीहरूले अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्ने उपाध्यक्षहरूको धारणा नभएको र नेताहरूको प्रवृत्तिमाथि प्रश्न उठाएको भट्टले बताए।
- भट्टले बैठकमा विभिन्न प्रवृत्ति आउँछन् तर पार्टीको मुख्य लाइनभन्दा बाहिर बोल्न नहुने स्पष्ट पारे।
९ जेठ, काठमाडौं । नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीको सचिवालय बैठकमा भएका विषयहरू अतिरञ्जित ढंगबाट बाहिरिएको भन्दै आपत्ति जनाएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको दोस्रो दिनको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘हिजो कयौं बैठकमा भएका चिजहरू अतिरञ्जित पाराले बाहिर आएका छन्,’ उनले भने ।
हिजोको बैठकमा धारणा राखेका ४ जना उपाध्यक्षले पार्टी नेतृत्वमा अध्यक्ष ओलीको विकल्प खोजेका थिए ।
उनीहरूले अब पार्टी ओलीबाट नचल्ने भन्दै मार्गप्रशस्त गर्न भनेका थिए ।
तर, उपमहासचिव भट्टले भने त्यस्तो नभएको बताउँदै उल्टै नेताहरूको प्रवृत्तिमाथि प्रश्न उठाए ।
‘म जुन स्कुलिङबाट आएको छु, हरेक चिज बैठकमा गरिने कुरा त्यहाँ भित्र विभिन्न प्रवृत्ति आउँछन् । ती प्रृवृत्तिमा बोल्ने, भन्ने लागेका विषय हुन्छन्, त्यसलाई हामीले पार्टीको जे मुख्य लाइन हो, त्यो भन्दा बाहिर बोल्न हुँदैन,’ उनले भने ।
प्रतिक्रिया 4