+
+
Shares

के गर्दैछन् चीन पुगेका रास्वपाका २० सांसद ?

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा ११ दिने भ्रमणमा रहेको रास्वपाको टोलीले चीन पुगेको भोलिपल्टबाट विभिन्न क्षेत्रको अवलोकन सुरु गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ३० गते १४:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महामन्त्री विपिन आचार्य नेतृत्वको २० सदस्यीय रास्वपा प्रतिनिधिमण्डलले चीनको छेङ्दुमा क्यापिटल बायो समूहको जैवप्रविधि तथा परीक्षण उपकरण अवलोकन गरेको छ।
  • टोलीलाई जैवचिप प्रविधि, आनुवांशिक परीक्षण र स्वचालित रोग पहिचान प्रणालीबारे जानकारी गराइएको रास्वपा सांसद डा. धनञ्जय रेग्मीले जानकारी दिए।
  • प्रतिनिधिमण्डलले सोमबार बिहान एक्सडी झोङटे ट्रान्सफर्मर कारखानाको अवलोकन गरी विशेष ट्रान्सफर्मर निर्माण, अनुसन्धान, परीक्षण र क्षमता विस्तारबारे प्रस्तुति सुनेको छ।

३० कात्तिक, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा ११ दिने भ्रमणमा रहेको रास्वपाको टोलीले चीन पुगेको भोलिपल्टबाट विभिन्न क्षेत्रको अवलोकन सुरु गरेको छ ।

महामन्त्री विपिन आचार्यको नेतृत्वमा चीन भ्रमणमा निस्केको २० जनाको प्रतिनिधिमण्डल आइतबार साँझ छेङ्दु पुगेको थियो । सोमबार बिहान टोलीले क्यापिटल बायो समूहको जैवप्रविधि तथा परीक्षण उपकरण र एक्सडी झोङटे ट्रान्सफर्मर कारखानाको अवलोकन गरेको छ ।

प्रतिनिधिमण्डललाई क्यापिटल बायो समूहको इतिहास, जैवचिप प्रविधि, आनुवांशिक परीक्षण तथा स्वचालित रोग पहिचान प्रणालीबारे जानकारी गराइएको टोलीमा सहभागी रास्वपा सांसद डा. धनञ्जय रेग्मीले जानकारी दिए । संस्थाले अनुसन्धानबाट विकसित प्रविधिलाई स्वास्थ्य परीक्षणका उपकरण र सेवामा रूपान्तरण गर्दै आएको छ ।

कम्पनीका प्रतिनिधिले प्रविधि मुख्यत: रोग उत्पन्न गर्ने सूक्ष्मजीवको पहिचान, आनुवांशिक रोगको परीक्षण र व्यक्तिको आनुवांशिकताअनुसार उपचारमा सहयोग गर्न सकिने बारेमा टोलीलाई जानकारी गराएको थियो । नास्टसँगको सहकार्यमा नेपालका हिमाली क्षेत्रमा देखिने रोगबारे संयुक्त अनुसन्धान अघि बढाउने इच्छा कम्पनीका प्रतिनिधिले रास्वपा टोलीसँग राखेका थिए ।

सोमबार बिहान नै प्रतिनिधिमण्डलले एक्सडी झोङटे ट्रान्सफर्मर कारखानाको अवलोकन गरेको छ । विशेष ट्रान्सफर्मर निर्माण, अनुसन्धान, परीक्षण तथा क्षमता विस्तारसम्बन्धी प्रस्तुतीकरण गरिएको थियो ।

यस कम्पनीले ट्रान्सफर्मर क्षेत्रमा २० वर्षभन्दा बढी समय ट्रान्सफर्मर अनुसन्धान तथा विकास केन्द्र र दक्षिणपश्चिम चीनमा उत्पादन, परीक्षण तथा मर्मतसम्भार आधारका रूपमा काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?