+
+
Shares

चीन भ्रमणमा जानुअघि रास्वपा टोलीले भेट्यो सभापति लामिछानेलाई

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २८ गते १०:२९

२८ कात्तिक, काठमाडौं । चीन भ्रमणमा जान लागेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डलले पार्टी सभापति रवि लामिछानेसँग भेट गरेको छ ।

महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको प्रतिनिधिमण्डलले शनिबार लामिछानेसँग भेट गरी चीन भ्रमणबारे छलफल गरेको हो ।

प्रवक्ता जगदीश खरेलका अनुसार टोलीले लामिछानेको निवासमा भ्रमणका विषयमा छलफल र परामर्श गरेको थियो ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा महामन्त्री आचार्य नेतृत्वको टोली आइतबार चीन भ्रमणमा जाँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?