+
+
Shares

मोहन गोले तामाङका दुई पुस्तक विमोचित

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २८ गते १०:२०

२८ कात्तिक, काठमाडौं । मोहन गोले तामाङका दुई पुस्तक एकैसाथ विमोचन गरिएको छ ।

काठमाडौंमा शुक्रबार एक कार्यक्रमका बीच आदिवासी जनजाति आन्दोलनका अभियन्ता तथा लेखक तामाङको ‘तामाङ संस्कार संस्कृति’ र ‘तामाङ राष्ट्रको राजनीति’ पुस्तक संयुक्त रूपमा विमोचन गरिएको हो ।

पूर्वराजदूत गणेश योञ्जन तामाङ, समाजशास्त्री मुक्तसिंह लामा, भाषाविद् अमृत योञ्जन तामाङ, साहित्यकार तथा समालोचक कुमारी तामाङ, लेखक युग पाठक र लेखक गोलेले पुस्तक विमोचन गरेका हुन् ।

पुस्तक ताम्सालिङ नलेज सेन्टरले प्रकाशन गरेको हो ।

नेपाल तामाङ घेदुङका निवर्तमान अध्यक्षसमेत रहेका गोलेका यी नवौं कृति हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?