+
+
Shares

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत दलेलाको शिष्टाचार भेट

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ३० गते १४:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • परराष्ट्रमन्त्री शिशिर खनालले नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेलालाई सिंहदरबारमा शिष्टाचार भेट गरी बधाई दिए ।
  • भेटमा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल भएको र सहकार्य सुदृढ बनाउने विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ ।

३० कात्तिक, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाले शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा सोमबार भएको शिष्टाचार भेटमा परराष्ट्रमन्त्री खनालले राजदूत दलेलालाई नेपालका लागि भारतको राजदूत नियुक्त भएकोमा बधाई दिए । साथै। उनको सफल र फलदायी कार्यकालको शुभकामना व्यक्त गरेको मन्त्री खनालको सचिवालयले जनाएको छ ।

भेटका अवसरमा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल भएको थियो ।

साथै, दुवै देशबीच रहिआएको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?