+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

शिक्षा मन्त्री र स्विट्जरल्याण्डका राजदूतबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ११ गते १२:२८

११ कात्तिक, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापेलरबीच शिष्टचार भेटवार्ता भएको छ । बिहीबार बिहान मन्त्रालयमा भएको भेटवार्तामा प्राविधिक तथा व्यवसायिक परियोजनामा लगानी गर्ने विषयमा छलफलसमेत भएको छ ।

भेटवार्ताको क्रममा मन्त्री पौडेलले स्विट्जरल्याण्ड सरकारले नेपालमा प्राविधिक शिक्षाको विकास र विस्तारका लागि लामो समयदेखि प्राविधिक र आर्थिक क्षेत्रमा निरन्तर रुपमा सहयोग गर्दै बताउँदै थप परियोजनामा सहयोग गर्न आग्रह गरे।

मन्त्री पौडेलले प्राविधिक तथा व्यवासायिक शिक्षा एवम् तालिमको माध्यमबाट सिपयुक्त दक्ष जनशक्ति तयार गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्दै समृद्ध नेपाल निर्माणको यात्रामा स्विट्जरल्याण्ड सरकारबाट थप सहयोग प्राप्त हुने बताए ।

‘हामी प्राविधिक शिक्षाको क्षेत्रमा वैदेशिक सहयोग परिचालन गर्ने सम्बन्धमा संयुक्त लगानी कार्यढाँचा (स्वाप मोडेल) विकास गरी साझेदारसँग सहकार्य गर्दै जाने सोचका साथ आवश्यक कार्य गरिरहेका छौं’ मन्त्री पौडेलले भने,’ यस विषयमा महामहिम राजदूतबाट थप प्राविधिक सहयोगको अपेक्षासमेत गरेको छु ।’

भेटवार्तामा राजदूत क्यापेलरले प्राविधिक तथा व्यवसायिक परियोजनाका लागि शिक्षा मन्त्रालयले आवश्यक कानून पारित गरी लगानीको वातावरण सिर्जना गर्न आग्रह गरेकी थिइन् । उनले भनिन्, ‘हाम्रो देशमा ८० प्रशितमा विद्यार्थी प्राविधिक तथा व्यवासायीक शिक्षामा छन् । उनीहरू त्यहाँबाट सिधै रोजगारीमा केन्द्रित हुन्छन् त्यही अनुसार शिक्षामन्त्रालयले कानून निर्माण गरोस् भन्ने हाम्रो भनाइ हो ।’

स्विट्जरल्याण्ड सरकारले जिरी र बालाजुमा प्राविधिक शिक्षालयको स्थापना, प्राविधिक तथा व्यावसायिक शिक्षामा प्रशिक्षकहरुका लागि तालिम, रोजगार कोष परियोजा, व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाका लागि प्राविधिक सहयोग, विद्यावारिधि र उच्च विद्यावारिधि गर्न छात्रवृत्तिलगायतमा सहयोग गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?