+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

हामी अमेरिका विरोधी होइनौं, तर यथास्थितिमा एमसीसी पास गर्न सक्दैनौं : पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १२ गते १५:२४

१२ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले आफूहरू अमेरिका विरोधी नभएको र अनुदान पनि चाहिएको बताएका छन् । तर, यथास्थितिमा एमसीसी पास गर्न नसक्ने समेत उनले बताए ।

बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका सांसद पोखरेलले आफूहरू यथास्थितिमा एमसीसी पास गर्न हुँदैन भनेर लागेको बताए ।

‘हामी अमेरिका विरोधी होइनौं, हामीलाई विकास पनि चाहिएको छ । साँच्चै अनुदान हो भने त्यो पनि चाहिएको छ’ उनले भने, ‘तर अनुदानका वा विकासका नाममा जे कुरा पृष्ठभागमा आएको छ, त्यो बुझिदिनुपर्‍यो ।’

उनको प्रश्न छ, ‘यदि अनुदान हो भने पास गरे भनेर किन हाम्रा राष्ट्रिय नेताहरूलाई धम्की दिँदै हिँडेको ?’

सम्झौतामा जे छ, त्यही पास गरे भनेर भनिएको र संसदलाई रबर स्ट्याम्प बनाउन खोजेको भन्दै उनले यथास्थितिमा पास गर्न नसकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?