
१६ भदौ, गुल्मी। गुल्मीमा ६५ वर्षीया वृद्धालाई करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जिल्लाको इस्मा गाउँपालिका वडानम्बर-४ नयाँ पोखरा निवासी ३६ वर्षका कृष्णबहादुर सार्की रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) भीमबहादुर दाहालका अनुसार वृद्धालाई घरमा एक्लै भएको मौका छोपी करणी गरेको सूचनाको आधारमा उर्नलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको (एसपी) दाहालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4