+
+

सिटिजन्स बैंकको ३६औं शाखा जाजरकोटमा

अनलाइनखबर अनलाइनखबर
२०७० कात्तिक २२ गते १६:२६

२२ कात्तिक, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनले आफ्नो ३६औं शाखा जाजरकोटको खलङ्गा बजारमा खोलेको छ । शाखाको बैंकका सहायक महाप्रबन्धक गणेशराज पोखरेलले उद्घाटन गर्नुभयो । बैंकले मुलुकका १४ अञ्चलमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ ।

citizens bankजाजरकोटसहित आसपासका बासिन्दाहरुलाई सेवा उपलब्ध गराउन शाखा खोलिएको सहायक महाप्रबन्धक पोखरेलले बताउनुभयो । शाखाबाट त्यस क्षेत्रमा अन्तर्राष्ट्रिय गुणस्तरको बैंकिङ सेवा उपलब्ध गाराउने बैंकले जनाएको छ । शाखा उद्घाटन कार्यक्रममा जिल्लाका सरकारी कार्यालयका प्रमुखहरु, जाजरकोट जिल्लाका उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

बैंकका ३६ वटा एटिएम काउन्टर र ४१ वटा शाखारहित बैंकिङ सेवा केन्द्र सञ्चालनमा रहेका छन् । यसअघि बैंकले भेरी र कणर्ालीका ५ जिल्लाहरुमा बाँकेको नेपालगञ्ज, सुर्खेतको बीरेन्द्रनगर, जाजरकोटको खलङ्गा, हुम्लाको सिमिकोट र जुम्लाको खलङ्गामा सिटिजन्सले शाखा स्थापना गरिसकेको छ ।

पहिलो त्रैमासमा सवा १० अर्ब नाफा

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यस अवधिमा बैंकले २३ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने १९ अर्ब ३३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?