Comments Add Comment

रोबिनले भने- अर्जेन्टिनाले विश्वकप जित्नेे सम्भावना छैन

Arjen-Robben

नेदरल्याण्डका विङगर आर्जेन रोबिनले विश्वकपको फाइनलमा अर्जेन्टिनाले जर्मनीलाई हराउन नसक्ने दावी गरेका छन् ।

अर्जेन्टिना नेदरल्याण्डलाई टाइब्रेकरमा पराजित गर्दै २४ वर्षपछि फाइनलमा पुगेको छ र उसले सोमबार विहान १२:४५ मा जर्मनीसँग खेल्नेछ ।

३० वर्षीय डच रोबिनले भनेका छन्-जर्मनीले विश्वकपको उपाधि जित्दैछ । यसमा कुनै शंका छैन । अर्जेन्टिनाको कुनै सम्भावना छैन ।’

पेनाल्टी मौकाको खेल मात्र नभएको भन्दै उनले भने-‘जुन हामीले कोष्टारिकाविरुद्ध देखाइसक्यौं । हामीले राम्रो खेल्यौं तर, पेनाल्टीमा भएन । केही व्याडलक थियो । यो फुटबलको दुःख पाटो हो ।’

 ब्राजिलमा आफ्नो टोलीले राम्रो खेलेको भन्दै विङगर आर्जेन रोबिनले विश्वकपमा सफल भएको दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment