Comments Add Comment

क्रोयसियालाई फाइनलमा भाग्यले साथ दिएन !

काठमाडौं । विश्वकप फुटबलको फाइनलमा पहिलोपटक प्रयोग गरिएको भीएआर क्रोयसियाका लागि घातक बन्न पुग्यो । इभान पेरिसिकको ह्यान्ड बल फ्रेन्च खेलाडीहरुको अपिलपछि भीएआरमा गयो र रेफ्रीले पेनाल्टीको निर्णय लिए ।

पेनाल्टीलाई गोलमा परिणत गर्दै एन्टोनी गि्रजम्यानले फ्रान्सलाई २-१ को अग्रता दिलाए । र, अन्ततः क्रोयसियाले  फ्रान्सलाई ४-२ को नतिजा सुम्पियो ।

फाइनलको दुर्भाग्यले क्रोयसियाका प्रशिक्षक जाल्ट्को डेलिकलाई लामो समय पिरोल्नेछ । ‘विश्वकपको फाइनलमा पेनाल्टीबाट गोल खानु ठूलो दुर्भाग्य हो’ उनले भने, ‘हामीले विश्वकपमै उत्कृष्ट प्रदर्शन गर्‍यौंं तर भाग्यले हामीलाई साथ दिएन र सजाय भोग्यौं ।’

पेनाल्टी दिने रेफ्रीको निर्णयको उनले आलोचना भने गरेनन् । ‘म रेफ्री र म्याच अफिसियलहरुका बारेमा केही नकारात्मक टिप्पणी गर्न चाहन्न । यो उनीहरुको निर्णय हो । म भिएआरलाई सम्मान गर्छु । फुटबलका लागि यो आवश्यक छ,’ डेलिकले भने ।

फाइनलमा हारे पनि आफ्ना खेलाडीहरु उँचो शीर लिएर स्वदेश फर्किने उनले बताए । ‘विश्वकपमा विभिन्न क्षणमा हामीलाई लक नलागेको पनि होइन तर, फाइनलमा भएन । हामीले खेल आफ्नो नियन्त्रणमा राख्यौं, तर दुई गोल दुर्भाग्यपूर्ण रहे,’ उनले भने ।

तेस्रो गोल खाएपछि खेल जित्न कठिन हुने आफूले महसुस गरेको उनले बताए । ‘हामीले हार नखाइकन खेल्यौं र दोस्रो गोल गर्न सफल भयौं । तर, यो पर्याप्त थिएन,’ उनी भन्छन् ।

आफूले खेलाडीहरुलाई दुःखी नहुन र आफ्नो खेलमा गर्व गर्न आग्रह गरेको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment