१३ साउन, काठमाडौं । आफ्नो प्रिय खेलाडीलाई भेट्न पाउँदा धेरै फ्यान खुसी हुन्छन् । तर, लिभरपुलका एक समर्थक भने कप्तान स्टफन जेरार्डलाई भेटेपछि रोएकी छन् ।
पि्र-सिजन टुरका क्रममा अमेरिकामा रहेका जेरार्डले एक युवतीलाई अटोग्राफ दिए । उनले फ्यानको मोबाइलमा अटोग्राफ दिएका थिए । लगतै सेल्फी तस्वीर पनि लिए ।
जब जेरार्ड अन्य फ्यानहरुलाई भेट्न र अटोग्राफ दिन लागे, ती युवती रोन थालिन् । उनी फोनमा जरार्डको तस्वीर हेरेर डाँको छोडेर रोइन् । गत वर्ष एसिया भ्रमणका क्रममा पनि ३४ वर्षका जेरार्डसँग यस्तै घटना भएको थियो ।