+
+
Shares

चक्रपथ तेस्रोखण्ड विस्तार : नारायणगोपाल चोक टु चप्पल कारखाना (फोटो/भिडियो)

नारायणगोपाल चोकबाट चप्पल कारखानासम्म करिब ७ सय मिटर लम्बाइमा भएको विस्तारका लागि फागुन २०८१ मा ठेक्का लागेको थियो । यो खण्डमा चक्रपथ ८ लेनमा विस्तार भएको छ ।

कमल प्रसाईं कमल प्रसाईं
२०८३ जेठ ८ गते १३:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चक्रपथ विस्तार अन्तर्गत तेस्रो खण्डको ७ सय मिटर सडक काम सकिएको छ र सवारी साधन चल्न थालेका छन्।
  • फागुन २०८१ मा ठेक्का लागेको तेस्रो खण्ड ८ लेनमा विस्तार गरिएको छ र २४ करोड रुपैयाँ नेपाल सरकारले लगानी गरेको छ।
  • नेपाल सरकारले चप्पल कारखानादेखि गोपिकृष्ण पुलसम्म सडक विस्तार गर्ने योजना बनाएको छ र दोस्रो खण्डको काम पूर्वतयारीमा छ।

७ जेठ, काठमाडौं । चक्रपथ विस्तार अन्तर्गत तेस्रो खण्डको काम सकिएको छ । जसमा सवारी साधन समेत चल्न थालिसकेका छन् ।

नारायणगोपाल चोकबाट चप्पल कारखानासम्म करिब ७ सय मिटर लम्बाइमा भएको विस्तारका लागि फागुन २०८१ मा ठेक्का लागेको थियो । यो खण्डमा चक्रपथ ८ लेनमा विस्तार भएको छ ।

२४ करोड रुपैयाँ लागतको यो आयोजनामा नेपाल सरकारले लगानी गरेको हो । नेपाल सरकारकै स्रोतमा चप्पल कारखानादेखि गोपिकृष्ण पुलसम्मको सडक विस्तार समेत गर्ने योजना छ ।

चक्रपथ कुल २७ किलोमिटर लम्बाईको छ । जसको विस्तार विभिन्न चरणमा अगाडी बढिरहेको छ ।

पहिलो खण्डमा कोटेश्वर–कलंकी ११ किलोमिटर लम्बाइको विस्तार सम्पन्न २०७५ सालमा भएको हो ।

दोस्रो खण्ड कलंकी–बसुन्धरा चीन सरकारको सहयोगमा गर्ने तयारी छ । तर, सो सडकको काम भने अझै पनि पूर्वतयारीकै प्रक्रियामा छ ।

लेखक
कमल प्रसाईं

प्रसाईं  अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?