९ जेठ, पाँचथर । एक वर्षअघि क्यानडामा रहेका भेटनरी डाक्टरको नक्कली हस्ताक्षर गरी ल्याइएका माछा पाँचथरको सदरमुकाम फिदिममा फेला परेको छ ।
उक्त माछा सशस्त्र प्रहरीले फेला पारेर नष्ट गरेको छ ।
कागजात जाँच गर्ने क्रममा शंका लागेपछि खोजी नीति गर्दा डाक्टरको नक्कली हस्ताक्षर गरेको खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।
जाँचका क्रममा डा. अभिषेक सिंहद्वारा जारी गरिएको भेटेरिनरी प्रमाणपत्र नक्कली बनाएको खुल्न आएको छ । माछा भारतबाट ल्याइएको पाइएको छ ।
६ वटा बाकसमा राखिएको माछाको मूल्य करिब ७३ हजार ८० रुपैयाँ पर्ने २ सय ५२ केजी माछा फेला परेको हो ।
ज ३१४२ नम्बरको यात्रुवाहक ईभी हायस गाडी जाँच गर्ने क्रममा उक्त माछा फेला परेको हो । बिर्तामोडका सोनालाल शाहाले ताप्लेजुङका सकट सहनीलाइ बिक्री गरेको खुलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4