+
+
Shares

पार्टी बैठकमा भएका विषयलाई अतिरञ्जित बनाइयो : एमाले उपमहासचिव भट्ट

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ९ गते १८:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले सचिवालय बैठकमा भएका विषयहरू अतिरञ्जित रूपमा बाहिरिएको भन्दै आपत्ति जनाएका छन्।
  • उनीहरूले अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्ने उपाध्यक्षहरूको धारणा नभएको र नेताहरूको प्रवृत्तिमाथि प्रश्न उठाएको भट्टले बताए।
  • भट्टले बैठकमा विभिन्न प्रवृत्ति आउँछन् तर पार्टीको मुख्य लाइनभन्दा बाहिर बोल्न नहुने स्पष्ट पारे।

९ जेठ, काठमाडौं । नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीको सचिवालय बैठकमा भएका विषयहरू अतिरञ्जित ढंगबाट बाहिरिएको भन्दै आपत्ति जनाएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको दोस्रो दिनको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘हिजो कयौं बैठकमा भएका चिजहरू अतिरञ्जित पाराले बाहिर आएका छन्,’ उनले भने ।

हिजोको बैठकमा धारणा राखेका ४ जना उपाध्यक्षले पार्टी नेतृत्वमा अध्यक्ष ओलीको विकल्प खोजेका थिए ।

उनीहरूले अब पार्टी ओलीबाट नचल्ने भन्दै मार्गप्रशस्त गर्न भनेका थिए ।

तर, उपमहासचिव भट्टले भने त्यस्तो नभएको बताउँदै उल्टै नेताहरूको प्रवृत्तिमाथि प्रश्न उठाए ।

‘म जुन स्कुलिङबाट आएको छु, हरेक चिज बैठकमा गरिने कुरा त्यहाँ भित्र विभिन्न प्रवृत्ति आउँछन् । ती प्रृवृत्तिमा बोल्ने, भन्ने लागेका विषय हुन्छन्, त्यसलाई हामीले पार्टीको जे मुख्य लाइन हो, त्यो भन्दा बाहिर बोल्न हुँदैन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?