१० कात्तिक, काठमाडौं । नेकपा एमालेका नेताहरू अनुपस्थित भएपछि तीन दलकाे बैठक बस्दै नबसी स्थगित भएकाे छ ।
सिंहदरबारमा बिहान ९ बजेदेखि कांग्रेस र एमालेका नेताहरू भेला भए पनि एमाले नेताहरू नअाएका कारण साढे १० बज्न लाग्दा बैठक स्थगित भएकाे घाेषणा गरिएकाे हाे ।
बैठकस्थलमा एमालेका तर्फबाट अग्नि खरेलमात्रै उपस्थित भएका थिए ।
अध्यक्ष केपी शर्मा ओलीले बैठकमा सहभागी नहुने जानकारी दिएका थिए । संविधानसभा छाडेर रत्नपार्कबाट संविधान बन्दैन भनी टि्वट गरेका ओलीले बैठकमा आफ्नो साटो अरु साथीहरुलाई पठाएको बताए पनि अरू नेतासमेत उपस्थित भएनन् ।
कांग्रेस नेता शेरबहादुर देउवा, रामचन्द्र पाैडेल र कृष्णप्रसाद सिटाैला बैठकस्थलमा अाएका थिए । एमाअाेवादीका शीर्ष नेता पनि समयमै अाएका थिए ।
संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईको अगुवाइमा सोमबार बिहान ९ बजे सिंहदरबारमा तीन दलका शीर्षनेताको बैठक बोलाइएको थियो ।
कांग्रेस र एमालेका नेताहरु बैठकस्थलमा उपस्थित भइसक्दा पनि एमाले नेताहरु नआएपछि ओलीसँग एमाओवादी नेताले सोधखोज गरेका थिए ।
‘म आउँदिन, मेरो साटो साथीहरु आउँदै हुनुहन्छ’ ओलीको भनाइ उधृत गर्दै स्रोतले भन्यो ।
गोकर्ण बैठकमा पनि एमाले नेताकै कारण बैठकमा ढिलाइ भएको थियो । सोमबार पनि एमाले नेताहरु तोकिएको समयमा बैठकस्थलमा नपुग्दा कांग्रेस एमाओवादीका नेताहरु पर्खाइमा बसेका थिए ।
आइतबार बबरमहलस्थित शान्तिकोषको सचिवालयमा आयोजित एमाले र एमाओवादीको दुई दलीय छलफलमा पनि ओली ढीलो उपस्थित भएका थिए ।
सोमबार केपी ओली बैठकमा ढीलो आएपछि प्रचण्ड र माधव नेपाल लगायतका नेताहरुले संसद भवन निर्माण गर्ने जग्गा हेरेर समय कटाएका थिए ।
सोमबारको दुई दलीय बैठकमा ढीलो पुगेका ओलीले हिमाल पहाड र तराईलाई मिलाएर चार प्रदेश बनाउनुपर्ने बताएका थिए । गोकर्ण रिसोर्टको बैठकमा ओलीले तीन प्रदेश बनाउनुपर्ने प्रस्ताव अघि सारेका थिए ।
बैठकमा एमाले नेताहरू अनुपस्थित भएपछि डा. बाबुराम भट्टरार्इ र प्रचण्डले अापसी छलफल गरेका छन् । अाजै दिउँसाे भृकुटीमण्डपमा एमाअाेवादीसहितका २२ दलकाे चियापान कार्यक्रम छ । चियापानमा एमाले र कांग्रेसका नेताहरू पनि निम्त्याइएका छन् ।