
३ जेठ, काठमाडौं । भारतले कोरोना भाइरस विरुद्धको औषधि तयार पारेको दाबी गरेको छ । सोमबार रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री हर्ष बर्द्धनले २–डिजी नामको औषधि सार्वजनिक गरेका हुन् ।
रक्षामन्त्री सिंहले यो औषधि कोरोना संक्रमित विरामीका लागि प्रभावकारी सिद्ध हुने विश्वास व्यक्त गर्दै यो भारतको विज्ञताको उदाहरण भएको बताएका छन् ।
DRDO एवं DRL द्वारा तैयार की गई, 2-deoxy-D-glucose (2-DG) ड्रग कोविड में प्रभावकारी सिद्ध होगी। यह हमारे देश के scientific prowess का एक बड़ा उदाहरण है।
इसके लिए मैं DRDO, और इस ड्रग की R&D से जुड़ी सभी संस्थाओं को अपनी ओर से बधाई और शुभकामनाएं देता हूँ: रक्षा मंत्री
— रक्षा मंत्री कार्यालय/ RMO India (@DefenceMinIndia) May 17, 2021
यसलाई भारतमा कोविड १९ संक्रमित बिरामीको लागि तयार पारिएको पहिलो औषधि भनिएको छ । यो औषधि भारतको रक्षा अनुसन्धान र विकास संगठन (डीआरडीओ) द्वारा बनाइएको हो ।
यो औषधिलाई भारत सरकारले आपतकालीन प्रयोगको लागि अनुमति दिएको छ। सामान्य प्रयोगको लागि अनुमति नपाएसम्म यो औषधि बजारमा तत्काल उपलब्ध हुने छैन ।
यो औषधि पाउडरको रूपमा तयार पारिएको छ । यसलाई सबैभन्दा पहिले डीआरडीओ कोभिड अस्पतालमा भर्ती भएका बिरामीलाई दिइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
डीआरडीओका अधिकारीहरूका अनुसार देशभरका २७ अस्पतालमा यसको परीक्षण गरिएको थियो । यो औषधिले कोभिड १९ का बिरामीहरूलाई अक्सिजनको समस्याबाट जोगाउन मद्दत गर्ने भारतीय अधिकारीहरूको दाबी छ।
भारतमा कोरोनाको दोस्रो लहरमा सबैभन्दा धेरै समस्या अक्सिजनको देखिएको छ । राजधानी दिल्ली सहित देशका कैयौं राज्यहरूमा समस्यामा परेका बिरामी र उनका परिवारलाई भएको अक्सिजनको समस्यालाई यो औषधिले सहयोग गर्ने बताइएको छ ।
प्रतिक्रिया 4