Comments Add Comment

बाँकेमा पछिल्लो २४ घण्टामा ११ संक्रमितको मृत्यु

फाइल तस्वीर

४ जेठ, काठमाडौं । बाँकेमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार बाँकेका पाँच र बाहिरी जिल्लाको छ गरी ११ जनाको मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४५ पुगेको छ । जसमध्ये २४५ जना बाँके र २०० जना बाहिरी जिल्लाका छन् ।

थपिए ४४७ संक्रमित

बाँकेमा पछिल्लो २४ घण्टामा ४४७ जना संक्रमित थपिएका छन् । जसमध्ये २०६ जना बाँकेका छन् ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेका तीन वटा प्रयोगशालामा १०१५ जनाको नमुना परीक्षण गर्दा ४४७ जनामा संक्रमण पुष्टि भएको हो ।

२०३ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा ४४७ जना संक्रमित थपिँदा २०३ जना कोरोना मुक्त भएका छन् । जसमध्ये १०९ जना महिला र ९४ जना पुरुष छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment