+
+
Shares

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३० गते १८:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सभापति रवि लामिछानेले भोलि सिंहदरबारमा सर्वदलीय बैठक आह्वान गरेका छन् ।
  • रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ ।
  • बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनबारे छलफल हुनेछ ।

३० भदौ, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका छन् ।

सभापति लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक भोलि (बुधबार) रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्ने रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको विषयमा छलफल हुने बताइएको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन लगायतका विषयमा सर्वदलीय बैठकमा छलफल हुने खरेलले बताए ।

उनका अनुसार, बैठक बिहान ११ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?