Comments Add Comment

बलात्कार काण्डपछि भारतमा अनलाइन ट्याक्सीमाथि प्रतिबन्ध

Shiv-Kumar-Yadav

  • बलात्कारको आरोपमा पक्राउ परेका ट्याक्सी चालक

२३ मंसिर, नयाँदिल्ली । ट्याक्सी ड्राइभरले सोही ट्याक्सीमा चढेकी एक महिला यात्रुलाई बलात्कार गरेको घटनापछि भारत सरकारले देशका सबै दर्ताविनाका अनलाइन ट्याक्सी सेवालाई बन्द गर्न निर्देशन दिएको छ ।

साथै अवैध रुपमा संचालनमा ल्याइएका अनलाइन एप उबरमाथि पनि प्रतिबन्ध लगाउन सरकारले सबै राज्यलाई निर्देशन दिएको छ ।

अनलाइन एप उबर मार्फत ट्याक्सी बुकिङ गरेर गन्तव्य तर्फ लागेकी एक महिलाको बलात्कार भएको थियो । गृहमन्त्री राजनाथ सिंहले राज्यसभामा सम्बोधन गर्दै कानून विपरित चलेका अनलाइन ट्याक्सी सेवालाई एपलाई बन्द गर्न केन्द्रले निर्देशन दिएको जनाएका छन् ।

दिल्ली सरकारले दर्ता नभै संचालनमा आएका उबर, ओला, ट्याक्सी पर स्योर तथा ट्याक्सी पिक्सी जस्ता इन्टरनेट ट्याक्सी सेवामा प्रतिबन्ध लगाएको घोषणा गरेको एक दिनपछि गृहमन्त्रीको यस्तो भनाइ बाहिर आएको हो ।

सोमबार पहिलोपटक उबरलाई प्रतिबन्ध लगाएको दिल्ली सरकारले त्यसपछि अन्य अनलाइन ट्याक्सी सेवामाथि धावा बोलेको थियो ।

उबरमाथि गलत जानकारी दिएको आरोपमा दिल्ली प्रहरीले समेत छानविन गर्दै आएको छ । भारतका ११ वटा सहरमा अमेरिकी कम्पनी उबरको अनलाइन ट्याक्सी सेवा संचालनमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment