४ पुस काठमाडौं । काठमाडौंबाट पुर्वीनेपालका पहाडी जिल्लाहरुमा सार्बजनिक यातायात सेवा प्रदान गरिरहेको अरनीको यातायात सेवा समितिले आˆनो सेवालाई अझ बिस्तार गरेको छ ।
परम्परागत रुपमा ठुला तथा मझौला बसमार्फत सेवा प्रदान गरिरहेको यस समितिले पुस ३ गतेबाट टाटासुमो जीपमार्फत आˆनो सेवालाई अझ प्रभावकारी र भरपर्दो बनाएको छ ।
उक्त सेवाको उद्घाटन नेपाल यातायात ब्यबसायी महासंघका अयष दिनेश भण्डारी र अरनीको यातायात समितिका अध्यक्ष जीतबहादुर भारतीले सङ्युक्तरुपमा गरे । भर्खरै खरिद गरिएका ५० थान टाटासुमो गोल्डलाई विशेष सजावट गरी राखिएको थियो ।
नेपालको माटोर बाटोलाई मध्यनजर गरी यस गाडीलाई तयार गरिएको समितिले जनाएको छ । हिमालदेखि पहाडका अˆठ्यारा र कच्ची सडक तथा तराईका समथ र मैदानहरुमा पनी सुमो गोल्डले सेवा प्रदान गर्नेछ ।
टाटा सुमोको यात्रा छिटो, छरितो, सुबिधासम्पन्न र सुरक्षित रहने समितिले जनाएको छ । ठुला बसमा कोचिएर कस्टकर यात्रा गर्न बाध्य सर्वसाधारणले अब सुरक्षित र आरामदायी यात्रा गर्न पाउने भएका छन ।
प्रतिक्रिया 4