Comments Add Comment

बार्सिलोनामा नेपालीहरू पनि क्रिसमसमा रमाउँदै (फोटो फिचरसहित)

christmus-barsa-3बसन्त रानाभाट

बार्सिलोना । इसाई धर्मालम्बीहरुको महान पर्व क्रिसमसको तामझामले स्पेनको बार्सिलोना शहर धपक्क बलेको छ। पर्यकीय शहर बार्सिलोनामा झिलिमिली सजाईएका विद्युतीय बत्तीहरुले छुट्टै रौँनकता छाएको छ ।

जिसस क्राइस्टको जन्म भएको दिन डिसेम्बर २५ तारिखका दिन प्रत्येक वर्ष क्रिसमस मनाइने गरिन्छ । बासिलोनाका प्लासा स्पानिया, प्लासा कातालोनिया, ला राम्ला, जोना दे ग्रासिया, डियागोनाल, पोर्ट ओलम्पिक लगायत ठाउँहरुमा झिलिमिली विद्युतीय बत्तीहरु जडान गरी सजावट गरिएको छ।

1-christmusबार्सिलोनाबासी नेपालीहरु पनि क्रिसमसको समयमा शुभकामना आदान प्रदान गरेका छन्। सार्बजनिक बिदा भए पनि कतिपयको कामबाट फुर्सद नमिल्ने हुँदा आफ्नो अनुकुल समयमा मनाउने तयारी गरेका छन्।

बिदेशमा रहेका नेपालीहरुले क्रिसमसको समयमा घर घरमा साथीभाई सँग जमघट गरेर,बजारमा घुमफिर, उपहारहरु आदान-प्रदान,बालबच्चाका साथ रमाइलो गर्दै पारिवारिक वातावरणमा मनाउने गरेका छन्। सबै समुदाय, क्षेत्र र धर्मका आप्रबासीहरुको बर्चस्व रहेको बार्सिलोनामा क्रिसमसको पार्टी गरि रमाइलो गर्ने गरेको पाईन्छ।

christmus-barsa-2गैरआवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद् स्पेनका युबा संयोजक लक्ष्मण शर्माले युवाहरुमा क्रिसमस भन्ने बित्तिकै एउटा छुट्टै उत्साह हुने बताउछन्। बार्सिलोना कै प्लासा सान्ट जाउमेमा भने क्रिसमस लागि नै भनी कृतिम बगैचा निर्माण गरिएको छ। क्रिसमसको ईतिहासलाई समेटेर बनाईएको सो बगैचा हेर्नको लागि हजारौ स्थानीय तथा बिदेशी पर्यटकहरुको घुइँचो लागेको छ।

christmus-barsa-4christmus-barsa-5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment