भारतका चर्चित कमेडियन कपिल शर्माले आफ्ना ३ श्रीमती रहेको बताएका छन् । अब्बास मस्तानको निर्देशनमा बनिरहेको चलचित्र ‘ किस किस को प्यार करुं’ मार्फत कपिल बलिउडमा प्रवेश गरेका छन् । यो चलचित्रमा आफ्ना ३ श्रीमती रहेको कपिलले बताएका छन् ।
उनले यो चलचित्र पूर्ण रुपमा कमेडी बिषयमा रहेको बताए । कपिलका अनुसार यो चलचित्रमा उनले ३ जना श्रीमतीसँग रोमान्स गर्नेछन् । कपिलले यो चलचित्रलाई पूर्ण रुपमा पारिवारिक बताएका छन् । यो चलचित्रमा आफू स्माट देखिएको कपिलले दाबी गरे ।
कपिलले बलिउडका चर्चित कलाकारसँग कुराकानी गर्दा र उनीहरुलाई ठट्टा गर्दा डर नलाग्ने बताए । उनले भने-दर्शक यही कुरा मन पराउँछन् । साहरुख खान आफ्नो काम गर्छन्, म आफ्नो काम गर्छु ।’
कपिलले आफ्नो शोमा राजनीतिक क्षेत्रका व्यक्तीलाई पनि ल्याउने बताएका छन् । सुरुवातमा नरेन्द्र मोदीलाई ल्याउने तयारी भएपनि कुरा नमिलेको उनले बताए । अब, प्रधानमन्त्री भैसकेपछि मोदीलाई ल्याउन विभिन्न कारणले गाह्रो हुने उनको भनाई छ ।
कपिल शर्माले संचालन गर्दै आएको ‘कमेडी नाइट्स विथ कपिल’ अहिले सर्वाधिक चर्चामा छ । कपिल केही हप्ता अगाडि नेपाल आएर फर्केका थिए ।
प्रतिक्रिया 4