Comments Add Comment

अष्ट्रेलियाको सांस्कृतिक कार्यक्रममा १२ देशको नृत्य   

aus asean programअष्ट्रेलिया । अष्ट्रेलियाको पर्थमा अष्ट्रेलियन एसियन एसोसियसनको   आयोजनामा भएको सांस्कृतिक कार्यक्रममा नेपालसहित १२ देशको नृत्य प्रस्तुत गरिएको छ । कार्यक्रममा नेपाल, भारत, पाकिस्तान, फिजी, रसिया, ईन्डोनेशिया, ब्राजिल, चीन, ओरोमो, स्कटल्याण्ड, श्रीलंका र थाईल्याण्ड गरी १२ देशका २५ परम्परागत गीत तथा नृत्य प्रस्तुत गरिएको हो ।

अष्ट्रेलियन एसियन एसोसियसनको नेशनल युथ वीक २०१५ को अवसरमा आयोजनामा भएको कार्यक्रमको उद्घाटन ऊर्जा, नागरिकता तथा बहुसाँस्कृतिक मामिला मन्त्री माईक नहानका प्रतिनिधिका रुपमा बहुसाँस्कृतिक विभागका प्रमुख कार्यकारी अधिकृत तथा कार्यक्रमका प्रमुख अतिथि रेवेका बलले गरेका थिए ।

कार्यक्रममा अष्ट्रेलियन एसियन एसोसियसनका अध्यक्ष मार्लिन बर्नवाईले स्वागत मन्तव्य राखेका थिए । बिपक्षी नेता माईक मिकग्वानका प्रतिनिधिका रुपमा सांसद समेत रहेका युवा मन्त्रालयका छायाँ मन्त्री डेव केलीले सम्वोधन गरेका थिए ।

कार्यक्रममा सांसद जेनिन फ्रिम्यान, नेपाली काउन्सिलर फ्रेड ब्राउन, अष्ट्रेलियन एसियन एसोसियसनका प्रमुख कार्यकारी अधिकृत ओल्गा रामासामी, एम्नेष्टी ईन्टरनेशनलका पश्चिम अष्ट्रेलियाका अध्यक्ष जेन कोनोर, एनआरएनका आईसीसी सदस्य भैरव ढकाल, एम्नेष्टी ईन्टरनेशनलका पश्चिम अष्ट्रेलियाका बिसी मेम्वर बार्बरा टेलरको उपस्थिति रहेको याम केसीले जानकारी दिए ।

पश्चिम अष्ट्रेलियाका विभिन्न एसियन मुलुकका अध्यक्ष तथा संयोजकहरुको उपस्थिति रहेको कार्यक्रममा श्रीलंकाका अध्यक्ष राजन दिशिल्भा, पाकिस्तानका अध्यक्ष अस्घर जमिल, नेपालका अध्यक्ष डा.विष्णु देवकोटा, स्कटिस हाईल्याण्ड डान्स एकेडेमीका निर्देशन केरी ग्रोसर, एनआरएन पश्चिम अष्ट्रेलियाका संयोजक राज थपलिया, थाई एसोसिएसनका संयोजक मोन्टाटिट, फिजी एसोसियसनका अध्यक्ष ललिता स्वामी, रसियन एजुकेशनल कल्चरल सेन्टरका अध्यक्ष सेटाकोभा नटाल्याको उपस्थिति रहेको केसीले बताए ।

यस्तै, डान्जालोकाका संयोजक सिमन फ्राईडा, ब्राजिलियन एसोसिएसनका अध्यक्ष किमा स्यान्टोस,गोवान ओभरसिज एसोसियसनका अध्यक्ष स्टान्ले मेनिसजेश, शिख गुरुद्धार पर्थका अध्यक्ष नभ्तेज कौर उपाल, पश्चिम अष्ट्रेलिया बहुसाँस्कृतिक एसोसिएसनका अध्यक्ष मारिया बन, पश्चिम अष्ट्रेलिया बहुसाँस्कृतिक एसोसिएसनका सचिव फ्रयान्को स्मृगिसी, चाईनिज न्युजपेपरका निर्देशक एडवार्ड लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment