‘डेस्टिनेशन काठमाण्डौ’का निर्माता शरद अधिकारीले अमेरिकामा चलचित्रको शो गरेर आएको रकमबाट सिन्धुपाल्चोकका एक विद्यालयका विद्यार्थीलाई पोशाक किनिदिएका छन् ।
भीमसेन माध्यमिक विद्यालयक साँखुचोक १, खत्रिचोकका विद्यार्थीलाई ट्रायकसुट वितरण गरिएको शरदले जानकारी दिए । भूकम्पबाट प्रभावित विद्यालयका नर्सरीदेखि ५ कक्षासम्मका विद्यार्थीलाई ट्रायकसुट वितरण गरेका हुन् ।
अमेरिकाको न्यूयोर्क च्याप्टरले शो गरेको थियो । च्याप्टरका अध्यक्ष तेम्वा नोर्के शेर्पाले चलचित्रको शो गरेका थिए । १ लाख रकम बराबरको पहिरन किनेर भूकम्प प्रभावित विद्यालयका विद्यार्थीलाई वितरण गरिएको निर्माता अधिकारीको भनाई छ ।
अमेरिकाको न्यू जर्सीमा बस्ने पुष्पा गुरुङले पनि २० हजार सहयोग गरेकी छिन् । यो चलचित्र नेपालमा रिलिज भएको छैन ।