Comments Add Comment

‘अलि अलि’ लिएर आइन् मौसमीले

Ali_Ali-mausami-gurung

काठमाडौं । गायिका मौसमी गुरुङ नयाँ गीत ‘अलि अलि’ लिएर आएकी छिन् । संगीतमा सक्रिय गायिका गुरुङ पछिल्लो दुई वर्ष निस्त्रिmय थिइन् । ‘दुई वर्षपछि नयाँ गीत गाएको म आफैंलाई नौलो जस्तो लागिरहेको छ’ अनलाइनखबरसँग कुरा गर्दै मौसमिले भनिन् ।

गीत प्रमोशनका लागि नयाँ पुस्ताको भाई बहिनीहरुको सहयोग लिँदै गरेको बताउदै मौसमि भन्छिन् ‘दुई वर्षमा धेरै परिवर्तन आएछ म आफैंलाई अचम्म लागिरहेको छ’
अहिलेसम्म बनेको मध्ये अलि अलि उत्कृष्ठ भिडियो बनेको उनको भनाई थियो । ‘एकदमै उत्साहित छु, मेरो गीत सुनेर रमाउनेहरुले गीत निकै राम्रो लागेको प्रतिक्रिया दिनु भएको छ’ मौसमिले भनिन् ।

मौसमीको स्वर रहेको उक्त गीतमा जेम्स प्रधानको संगीत रहेको छ भने नरेश भट्टराईको शब्द रहेको छ । किरण लाकौल र अनु शाहले मोडलिङ गरेको उक्त गीतमा श्रीधर पौडेलको निर्देशन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment