Comments Add Comment

जीवन र संचिताको ‘राधा’ सफल कि असफल ?

sanchita and jiwan
असफल चलचित्रको पीडामा रन्थनिएका नायक जीवन लुइटेलका लागि चलचित्र ‘राधा’को व्यापार विशेष छ । शुक्रबारबाट रिलिज भएको यो चलचित्रले बक्स अफिसमा कति कलेक्शन गर्‍यो त ?

निर्माणपक्षले दिएको जानकारी अनुसार ५ दिनमा चलचित्रले ६० लाख सेरोफेरोको व्यापार गरेको छ । संचिता लुइटेललाई शिर्ष भूमिकामा राखेर तयार भएको यो चलचित्रले नारीको कथा भनेको छ ।

संचिता लुइटेल र जीवन लुइटेल दुबैका लागि ‘राधा’ चलेको खण्डमा फाइदा हुने पक्का छ । शनिबारदेखि बिदाको फाइदा उठाइरहेको यो चलचित्रले आजसम्म यो अवसर पाएको छ । ४ दिनको बिदा र शुक्रबारको कारोबार ६० लाख पुगेको निर्देशक योगेश घिमिरेले बताए । उनले भने-‘चलचित्रको व्यापार बबालै छ । मैले सोचेको भन्दा राम्रो कारोबार छ ।’

निर्मापक्षले ७० लाख लगानी बताएको छ । चलचित्रले २ करोड ग्रस कारोबार गरेको खण्डमा मात्र लगानी उठाउनेछ । के जीवन र संचिताको यो प्रेमकथाले लगानी नेपालबाटै उठाउला ? भोलीबाट हुने कारोबारले यसको निर्धारण गर्नेछ । जीवन र संचिताको ‘राधा’ सफल कि असफल ?
असफल चलचित्रको पीडामा रन्थनिएका नायक जीवन लुइटेलका लागि चलचित्र ‘राधा’को व्यापार विशेष छ । शुक्रबारबाट रिलिज भएको यो चलचित्रले बक्स अफिसमा कति कलेक्शन गर्‍यो त ?

निर्माणपक्षले दिएको जानकारी अनुसार ५ दिनमा चलचित्रले ६० लाख सेरोफेरोको व्यापार गरेको छ । संचिता लुइटेललाई शिर्ष भूमिकामा राखेर तयार भएको यो चलचित्रले नारीको कथा भनेको छ ।

संचिता लुइटेल र जीवन लुइटेल दुबैका लागि ‘राधा’ चलेको खण्डमा फाइदा हुने पक्का छ । शनिबारदेखि बिदाको फाइदा उठाइरहेको यो चलचित्रले आजसम्म यो अवसर पाएको छ । ४ दिनको बिदा र शुक्रबारको कारोबार ६० लाख पुगेको निर्देशक योगेश घिमिरेले बताए । उनले भने-‘चलचित्रको व्यापार बबालै छ । मैले सोचेको भन्दा राम्रो कारोबार छ ।’

निर्मापक्षले ७० लाख लगानी बताएको छ । चलचित्रले २ करोड ग्रस कारोबार गरेको खण्डमा मात्र लगानी उठाउनेछ । के जीवन र संचिताको यो प्रेमकथाले लगानी नेपालबाटै उठाउला ? भोलीबाट हुने कारोबारले यसको निर्धारण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment