+
+

मेनुकाको हाँसो

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ९ गते १३:३८

menuka-pradhan-10
नायिका मेनुका प्रधानको एउटा विशेषता छ । उनी कुनै पनि सार्वजनिक कार्यक्रममा निक्कै हाँस्छिन् । उनको यो स्वभावले कतिपय स्थानमा उनको आलोचना पनि भैरहेको छ । यतिसम्म कि, मञ्चमा कुनै अतिथीले भाषण गर्दा उनी छेउमै बसेर हाँसी रहेकी हुन्छिन् ।

तर, मेनुकालाई अहिले दर्शक र चलचित्रकर्मीले उत्कृष्ट अभिनय गर्ने कलाकारको रुपमा चिन्न थालेका छन् । वुधबार मात्र पि्रमियर गरिएको चलचित्र ‘पुरानो डुङ्गा’ हेरेपछि धेरैले उनको अभियनको प्रशंसा गरे ।
menuka-pradhan-1 menuka-pradhan-4 menuka-pradhan-6
दम रोगले ग्रसित एक महिलाको भूमिकामा उनले मन छुने अभिनय गरेकी छिन् । चलचित्र ‘रेशम फिलिली’मा आधुनिक यूवतीको भूमिकामा पनि उनलाई दर्शकले रुचाएका थिए ।

मेनुका नेपाली चलचित्रमा सो-पिस नायिका भन्दा पनि अभिनयका कारण चम्कने संभावना धेरै छ । menuka-pradhan-9

तस्बिरः कमल प्रसाई 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?