Comments Add Comment

संसद बैठक स्थगित, अब चुनावपछि मात्रै बस्ने


२४ बैशाख, काठमाडौं । व्यवस्थापिका संसद बैठक जेठ ४ गतेसम्म स्थगित भएको छ । आज दिउँसो एक बजे बस्ने भनिएको बैठक निर्वाचन पछिसम्मका लागि सारिएको हो ।

संसद सचिवालयले स्थानीय तहको पहिलो चरणको चुनाव सकिएपछि जेठ ४ गते मात्रै बस्ने गरी बैठक स्थगित भएको सूचना टाँस गरेको छ ।

अदालतले अन्तरिम आदेश दिइसकेको सन्दर्भमा महाअभियोग प्रस्ताव अघि बढाउँदा अदालतको अवहेलना हुने भएकाले सभामुख ओनसरी घर्ती छलफलमा रहेको स्रोतले जनाएको छ ।

प्रमुख विपक्षी एमाले लगायतका दलले महाअभियोग प्रस्ताव फिर्ता लिन सरकारलाई दबाव दिइरहेका छन् । त्यसैले आइतवारको संसद बैठक सूचना टाँसेर स्थगित गरिएको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment