Comments Add Comment

डिबालाको हृयाट्रिकसँगै युभेन्टसको जित

१ असोज, काठमाडौं । पाउलो डिबालाको हृयाट्रिकको मदतमा सासुओलोलाई हराउँदै युभेन्टसले इटालियन सिरिएमा विजयी यात्रा कायमै राखेको छ ।

आइतबार भएको खेलमा युभेन्टसले सासुओलोलाई ३-१ गोल अन्तरले हराएको हो ।

सासुओलोको घरेलु मैदानमा भएको खेलमा युभेन्टसले १६ औं मिनेटमा डिबालाको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफको सुरुमा नै उनले अग्रता दोब्बर पारे ।

५१ औं मिनेटमा पोलिटनोले गोल गरे र, घरेलु टोलीलाई खेलमा फर्काउने संकेत गरे । तर, ६३ औं मिनेटमा डिबालाले हृयाट्रिक पुरा गर्दै युभेन्टसलाई जित दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment