Comments Add Comment

महाकाली तटबन्धका एक कामदार मृत फेला

११ फागुन, दार्चुला । महाकाली नदी नियन्त्रण आयोजनाद्वारा निर्माण भइरहेको महाकाली तटबन्धनका एक जना कामदार महाकाली नदीमा मृत फेला परेका छन् ।

कञ्चनपुर जिल्ला बेलौरी नगरपालिका वडा नम्बर ३ का अन्दाजी वर्ष ३६ का चञ्चल गिरी रहेको बताइएको छ ।

महाकाली तटबन्धको बंगाबगड प्याकेजमा काम गर्ने कामदार गिरीको जिल्ला सदरमुकाम खलंगास्थित महाकाली नदीको पुलघाँटबाट सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म दार्चुलाको टोलीले दिउँसो ४ बजेतिर शव निकालेको हो ।

मृतक गिरीका साथीहरुका अनुसार नुहाउन महाकाली नदीमा गएका गिरी पुलघाँटमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेकाले थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment