
२८ जेठ, काठमाडौं । शंखमुलस्थित यूएन पार्क ललितपुरका गुन्डा अशोक लामामाथि प्रहरीले गोली प्रहार गरेको छ ।
मोस्ट वान्टेड सूचीमा रहेका लामालाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली हानेको हो ।
लामाबारे सूचना पाएपछि महानगरीय प्रहरी अपराध महाशाखाको टोली यूएन पार्क पुगेको थियो । तर, प्रहरी टोलीमाथि जाइलागेपछि गोली चलाउनु परेको अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले अनलाइनखबरलाई बताए ।
प्रहरीले लामाको साथबाट एउटा पेस्तोल र दुई राउण्ड गोली समेत बरामद गरेको छ ।
लामालाई एउटा गोली लागेको छ । खुट्टामा गोली लागेका उनको वीर अस्पतालमा उपचार भइरहेको छ ।
को हुन् लामा ?
गुन्डा नाइके लामा प्रहरीमा ज्यान मार्ने उद्योग र सार्वजनिक अपराध मुद्दामा प्रहरीको खोजी सूचीमा थिए ।
उनले ललितपुरको सातदोबाटो लगायका क्षेत्रमा व्यवसायीलाई धम्क्याएर अवैध रकम असुली गर्ने गरेको उजुरी आएपछि प्रहरीले निगरानी बढाएको थियो । उनी काभ्रेली समूहका दावा लामाको समेत सहयोगी भएको प्रहरीको भनाइ छ ।
यो पनि पढ्नुस्
इन्काउन्टर स्थलमा भेटियो खिया लागेको पेस्तोल, हेर्नुस् ७ तस्वीर
प्रतिक्रिया 4