+
+

बेलको गोलसँगै रियल मड्रिडको विजयी सुरुवात

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ४ गते ९:०४


४ भदौ, काठमाडौं । ग्यारेथ बेलको गोलसँगै रियल मड्रिडले ला लिगामा विजयी सुरुवात गरेको छ ।

क्रिष्टियानो रोनाल्डो र जिनेदान जिदान विनाको रियल मड्रिडले गेटाफेलाई २–० ले हराएको हो । जुलेन लोपेटेगीले क्लब सम्हालेपछि रियल मड्रिडले यूईएफए सुपर कपमा एथ्लेटिको मड्रिडसँग हार व्यहोरेको थियो तर, ला लिगामा भने सुखद सुरुवात गरेको छ ।

घरेलु मैदान सान्टिएगो बेर्नाबाउमा भएको खेलमा मड्रिडले २० औं मिनेटमा डानी कार्भाजलको गोलबाट अग्रता लिएको थियो । ग्यारेथ बलको प्रहार गोलरक्षक डेभिड सोरिआले पन्च गरेको बलमा कार्भाजलले गोल गरेका हुन् ।

दोस्रो हाफको ५१ औं मिनेटमा बेलले गोल गरे । त्यसअघि उनको प्रहार बारमा लागेको थियो । रियल मड्रिडका एसेन्सिओको प्रहार पनि बारमा लागेको थियो ।

गेटाफेको एक मात्र इन्जुरी टाइमको प्रहार सही दिशामा थियो तर, एन्जलको भरी गोलरक्षक नाभासले सहजै नियन्त्रणमा लिए । नाभास हालै मात्र चेल्सीबाट आएका कोर्टियसलाई बेञ्चमा राखेर पहिलो रोजाइमा परेका थिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १०, बुधबार
0 - 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?