
९ फागुन, काठमाडौं । धनगढी प्रिमियर लिग (डीपीएल) टिम काठमाडौं गोल्डेन्सका अलराउन्डर विदेशी खेलाडी अंकित दबासलाई प्रतिबन्ध लगाएको छ ।
टुर्नामेन्ट टेक्निकल कमिटिले अंकितलाई यसअघि उनले बलिङ गरेका दुई खेलको भिडियो एनलाइसिस गरेर आगामी खेलको लागि प्रतिबन्ध गरिएको हो । योसँगै काठमाडौं गोल्डेन्सलाई झड्का लागेको छ ।
टुर्नामेन्ट टेक्निकल कमिटीले उनको बलिङ एक्सन इलिगल भएको पुष्टि गरेको छ । डीपीएलमा अंकितले पाँच खेलमा ६ विकेट लिएका छन् । सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो स्थानमा रहेका उनले ब्याटिङ गर्न भने पाउने छन् ।
काठमाडौं गोल्डेन्सले शुक्रबार (भोलि) डीपीएलको दोस्रो क्वालिफायरमा महेन्द्रनगर युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ । विजेता टिम फाइनलमा उपाधिका लागि सीवाईसी अत्तरियासँग खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4