+
+

बी डिभिजन लिग : ब्वाइज युनियन र श्री भगवती विजयी

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १२ गते १९:२४

१२ फागुन, काठमाडौं । शहीद स्मारक बी डिभिजन लिग फुटबल ब्वाइज युनियन क्लब र श्री भगवती क्लबले जित हात पारेका छन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार सम्पन्न खेलमा ब्वाइज युनियनले श्रीकुमारी क्लबलाई र श्री भगवती क्लबले मध्यपुर युथ एसोसिएसनलाई पराजित गरेको हो ।

ब्वाइज युनियनले श्रीकुमारीलाई १–० गोलअन्तरले पराजित गर्‍यो । खेलको १७ औं मिनेटमा प्रदीप बोगटीले गोल गर्दै ब्वाइज युनियनलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोलको अग्रता बनाएको ब्वाइज युनियनले दोस्रो हाफमा पनि आफ्नो अग्रतालाई कायमै राख्दै जित हात पारेको हो ।

त्यस्तै, आजै भएको दोस्रो खेलमा श्री भवगतीले मध्यपुरलाई ३–१ गोलअन्तरले पराजित गरेको हो ।

श्री भवगतीको जितमा दर्शन गुरुङले दुई गोल गरे भने एक गोल अनिल रानाले गरे । त्यस्तै, मध्यपुरका लागि सवर्ण बिक्रम कार्कीले गोल गरेका थिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १०, बुधबार
0 - 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?